कांग्रेस नेता प्रदीप पौडेलद्वारा पार्टी सुधारका लागि सुझाव संकलन सुरु
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीभित्र सुधार र रूपान्तरणका लागि देशभरका नेता तथा कार्यकर्तासँग सुझाव संकलनको अभियान सुरु गरेका छन्।
जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक चेतनालाई मध्यनजर गर्दै उनले सातै प्रदेशका क्षेत्रीय सभापतिहरूसँग भर्चुअल अन्तर्क्रिया गरेका छन्, जसमा २६ सभापति सहभागी भएका थिए ।
पौडेलले सुझावलाई दस्तावेज बनाएर केन्द्रीय समितिमा पेश गर्ने योजना समेत सार्वजनिक गरेका छन्। उनका अनुसार पार्टी सुधारका लागि आत्मालोचना, पुस्तान्तरण, र नीतिगत रूपान्तरण आवश्यक छ भन्ने सुझाव प्रमुख रूपमा उठेका छन्।
महामन्त्रीद्वयले पार्टी पुनर्गठनको बहस चलाइरहेका बेला पौडेलको यो पहलले कांग्रेसभित्र नयाँ नेतृत्व र संरचनागत परिवर्तनको सम्भावनालाई बल मिलेको छ।







