निर्वाचन आयोगले समानुपातिक उम्मेदवार सिफारिसका लागि दलहरूसँग आजै पत्राचार गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै मतगणना सकिएसँगै निर्वाचन आयोगले समानुपातिकतर्फका उम्मेदवार सिफारिस गर्न आजै दलहरूसँग पत्राचार गर्ने तयारी गरेको छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई का अनुसार मतगणना सकिएपछि आयोगले सम्बन्धित निर्वाचन क्षेत्रबाट मतगणनाको प्रतिवेदन सङ्कलन गर्दैछ र प्राप्त मतअनुसार दलहरूले पाउने सिट संख्या यकिन गरी उम्मेदवार सिफारिस गर्ने पत्राचार आजै पठाइनेछ।
भट्टराईले बताएअनुसार, दलहरूबाट उम्मेदवार सिफारिस भएपछि आयोगले सम्बन्धित क्लष्टरअनुसार कानुनबमोजिम समावेशीता सुनिश्चित गरी समानुपातिकतर्फ निर्वाचित हुने सांसदहरूको अन्तिम सूची तय गर्नेछ। यस प्रक्रिया पूरा भएपछि मात्र समानुपातिक सांसदहरूको आधिकारिक घोषणा गरिनेछ।







