आईसीसीले अमेरिकी क्रिकेट बोर्डलाई निलम्बन
Prime TV News ११ महिना अगाडि 
काठमाडौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी क्रिकेट बोर्डलाई निलम्बन गरेको छ। आईसीसीले आफ्ना बिधानअनुसारका दायित्वहरू बारम्बार नपूरा नगरेको भन्दै बोर्डको सदस्यता खारेज गरेको हो।
हालै सम्पन्न आईसीसीको बोर्ड बैठकले शासन संरचना सुधार नगरेको, अमेरिकी ओलम्पिक तथा पारा–ओलम्पिक समितिसँग राष्ट्रिय निकायको मान्यता लिन कुनै चासो नदेखाएको र केही गतिविधिका कारण विश्व क्रिकेटमै नकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको छ।
यद्यपि बोर्ड निलम्बनमा परे पनि अमेरिकी राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन पाउनेछ। तर, टोलीको व्यवस्थापन अब अस्थायी रूपमा आईसीसी वा उसकै प्रतिनिधिले गर्नेछ।
यसअघि सन् २०२४ मा सम्पन्न वार्षिक साधारण सभामा अमेरिकी क्रिकेटलाई ‘अन नोटिस’ मा राखिएको थियो। तर, समयमै सुधार नगरेका कारण अहिले पूर्ण रूपमा सदस्यता खारेज गरिएको हो।







