भट्टराईद्वारा नयाँ दिल्लीमा नेपालको भू–राजनीति र युवा नेतृत्वमा जोड

User Image Prime TV News एक महिना अगाडि
Image of भट्टराईद्वारा नयाँ दिल्लीमा नेपालको भू–राजनीति र युवा नेतृत्वमा जोड

काठमाडौ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा जारी एनएक्सटी समिट २०२६ को प्रधानमन्त्रीस्तरीय राउन्ड टेबल सेसनमा नेपालको भू–राजनीतिक अवस्था र युवा नेतृत्वबारे आफ्नो धारणा व्यक्त गरेका छन्।

उनले नेपाललाई दुई ठुला उदीयमान शक्ति राष्ट्रलाई जोड्ने गतिशील पुल बन्नुपर्ने र साना देशहरूले बदलिँदो राजनीतिक र आर्थिक परिस्थितिअनुसार रणनीति परिमार्जन गर्नु आवश्यक रहेको बताए।

डा. भट्टराईले नेपाली युवाहरूलाई देशलाई समृद्धिको दिशामा लैजान सक्षम भएको दाबी गर्दै दक्षिण एसियाली मुलुकहरूले आपसमा घनिष्ठ सहकार्य गर्नुपर्नेमा जोड दिएका छन्। प्रविधिको विकासले वसुधैव कुटुम्बकम् अर्थात् विश्व एक परिवारको अवधारणालाई व्यवहारमा उतार्न सजिलो बनाएको चर्चा गर्दै उनले नेपालले भारतको तीव्र आर्थिक वृद्धि र विकासबाट पर्याप्त लाभ लिन सक्नुपर्ने बताए ।

दक्षिण एसियाको गरिबी र अस्थिरताको मुख्य कारण स्रोतको अभाव नभई कमजोर संस्थागत संरचना र शासकीय असफलता भएको उनको विश्लेषण छ। बदलिँदो विश्व परिवेशमा नेपालजस्ता देशहरूले रणनीतिक रूपमा आफूलाई अनुकूल बनाउँदै लैजानु नै बुद्धिमानी हुने उनले बताए।