राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बिच भेटवार्ता

User Image Prime TV News १ हप्ता अगाडि
Image of राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्की बिच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रपति रामचन्द्र पौड्ल विच भेटवार्ता भएको छ । राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री कार्की राष्ट्रपति कार्यालय सितल निवास पुगेकी थिइन् ।

भेटमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, सरकारको कामकारबाही, फागुन २१ का लागि तय भएको प्रतिनिधि सभाको निर्वाचनलगायतको विषयमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

जेनजी आन्दोलन पछि कार्कीको नेतृत्वमा गठन भएको अन्तरिम सरकारले यहि फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरि सकेको छ । निर्वाचनको मिति घोषणा भएसंगै राजनीतिक दलहरुले निर्वाचन प्रक्रियामा भाग लिने वताई सकेका छन् ।

यसका साथै राष्ट्रपति पौडेलले राजनीतिक दलहरुलाई विस्वासमा लिएर अघि वढ्न प्रधानमन्त्री कार्कीलाई सुझाब दिएका थिए । तर अन्तरिम सरकारले निर्वाचनको लागि विभिन्न सरोकार पक्ष संग कुराकानी र तयारीमा जुट्न निर्देशन दिएपनि राजनीतिक दलहरु संग भने औपचारिक रुपमा छलफल गरेकी छैनन् ।