नेप्से २८२०.४४ मा बन्द, बैंकिङ उपसूचकमा सबैभन्दा बढी बढोत्तरी

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से २८२०.४४ मा बन्द, बैंकिङ उपसूचकमा सबैभन्दा बढी बढोत्तरी

काठमाडौ । साता कारोबारको अन्तिम दिन नेप्से परिसूचक २३.८७ अंकले बढेर २८२०.४४ मा बन्द भएको छ। आज कुल १४ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आज १० वटा उपसूचक हरियालीमा रहेका छन् भने ३ वटा राताम्य भएका छन्। सबैभन्दा धेरै बैंकिङ उपसूचक २.०२ प्रतिशतले बढेको छ। विकास बैंक उपसूचक १.२८ प्रतिशतले बढ्दा १२ विकास बैंकको सेयर मूल्य बढेको छ र ४ बैंकको घटेको छ।

आज सबैभन्दा बढी सेयर कारोबार नेशनल हाइड्रोपावरको भएको छ। लगानीकर्तामा आज सालपा विकास बैंक र रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीले १० प्रतिशत फाइदा कमाएका छन् भने कुमारी सबल योजनाका इकाईधनीले ३ प्रतिशत घाटा व्यहोरेका छन्।