एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

User Image Prime TV News एक महिना अगाडि
Image of एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा आज बिहान निधन भएको छ।

परिवार स्रोतका अनुसार उनको भक्तपुरको गठ्ठाघरस्थित कोरियन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। केही समययता उनी अस्वस्थ रहँदै आएका थिए।

स्वर्गीय मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई भक्तपुरको गुण्डुस्थित ओली निवासमा लैजाने तयारी गरिएको छ। परिवारका अनुसार आजै काठमाडौंको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी रहेका छन्। उनको निधनप्रति राजनीतिक तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले शोक व्यक्त गर्न थालेका छन्।