महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार ८६८ रुपैयाँ

User Image Prime TV News एक महिना अगाडि
Image of महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार ८६८ रुपैयाँ

काठमाडौ । म्याग्दीबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सामाजिक अभियन्ता महावीर पुनले आफ्नो चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावका क्रममा कुल २८ लाख ६८ हजार ८६८ रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ।

निर्वाचन आयोगमा पेस गरिएको विवरणमा मनोनयन दर्ता शुल्कमा १० हजार रुपैयाँ, मतदाता नामावली खरिदमा ३ हजार रुपैयाँ र नमुना मतपत्र सामग्री छपाइका लागि २ लाख ९० हजार ५९५ रुपैयाँ खर्च भएको जनाइएको छ।

यसैगरी प्रचारप्रसारका क्रममा यातायात तथा इन्धनमा ६ लाख ६० हजार ९९८ रुपैयाँ खर्च भएको छ भने चालक ज्यालामा १ लाख ४० हजार रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ। होटलमा बास तथा खानाका लागि सबैभन्दा धेरै १३ लाख ७ हजार ६१९ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ।

त्यसैगरी डिजेल खर्चमा ३ लाख ६० हजार ४९९ रुपैयाँ, स्टेशनरी सामग्रीमा २५ हजार ३०० रुपैयाँ र विविध शीर्षकमा ७० हजार ८७७ रुपैयाँ खर्च भएको बताइएको छ। निर्वाचन आयोगका अनुसार निर्वाचन खर्च पारदर्शी बनाउन उम्मेदवारहरूले आफ्नो खर्च विवरण अनिवार्य रूपमा आयोगमा बुझाउनुपर्ने व्यवस्था रहेको छ।