युएईले आफ्नो भूभागबाट अमेरिकालाई इरानमाथि हमला गर्न अनुमति नदिने

User Image Prime TV News एक महिना अगाडि
Image of युएईले आफ्नो भूभागबाट अमेरिकालाई इरानमाथि हमला गर्न अनुमति नदिने

काठमाडौ । संयुक्त अरब इमिरेट्स (युएई) ले आफ्नो भूभागबाट अमेरिकालाई इरानमाथि हमला गर्न अनुमति नदिने स्पष्ट पारेको छ।

युएईकी विदेश राज्यमन्त्री लाना नुसैबेहले पत्रकारसँगको संवादमा अमेरिकालाई आफ्नो जमिन र आकाश प्रयोग गर्ने अधिकार नदिने बताएकी छन्। उनले इरानले आक्रमणको प्रयास गर्दा युएईले आत्मरक्षाका लागि आवश्यक कदम चाल्ने पनि जानकारी दिइन्।

पछिल्लो समय युएईमा रहेका अमेरिकन सैन्य बेसहरूलाई लक्षित गर्दै इरानले केही आक्रमणको संकेत देखाएको बताइन्छ। युएईको यस निर्णयले अमेरिकी सैन्य रणनीति र क्षेत्रीय सुरक्षा परिदृश्यमा थप संवेदनशीलता थपेको छ।