मुस्ताङबाट ल्याएका भेडा–च्याङ्ग्रा, भक्तपुरको सल्लाघारीमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of मुस्ताङबाट ल्याएका भेडा–च्याङ्ग्रा, भक्तपुरको सल्लाघारीमा

काठमाडौ । नेपालीहरुको महान चाड दशैँकोलागि मुस्ताङबाट ल्याएका भेडा– च्याङ्ग्रा भक्तपुरको सल्लाघारीमा ल्याइएका छन् । यो वर्षको दशैँको लागि मुस्ताङबाट खरिद गरेर भेडाच्याङ्ग्रा ल्याएको व्यापारीहरुले बताएका छन् ।

भक्तपुरमा व्यापारीहरुले प्रतिकेजी १३ सय रुपैयाँमा जिउदो च्याङ्ग्रा बिक्रि गरिरहेका छन् । मुस्ताङबाट काठमाडौंसम्म ल्याउदा विभिन्न स्थानमा स्थानीय निकायहरुले कर लिने गरेकाले पनि लागत बढ्दै गएको व्यापारीको भनाई छ ।

सल्लाघारीमा रहेका भेडा र च्याङ्ग्रालाई पशु चिकित्सकले चेकजाँच गरेपछि मात्रै बिक्रि गर्ने गरिएको पनि ब्यापारीहरुले वताए । पशु सेवा बिभागले आश्विन ६ गतेदेखि १५ गतेसम्म सल्लाघारीमा नै पशुपन्छीको स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाएको छ । खाद्य संस्थानले भने यस बर्ष खसि बोका च्याङ्ग्राको बिक्रिबितरण नगर्ने जनाएको छ ।