खतिवडाको अनौठो कार्यवाहक तोकाइ

User Image Prime TV News १ हप्ता अगाडि
Image of खतिवडाको अनौठो कार्यवाहक तोकाइ

काठमाडौ । राष्ट्रिय महिला आयोगकी सदस्य कृष्ण कुमारी पौडेल खतिवडाले कार्यबाहकको जिम्मेवारी सम्हालेकी छन् । आयोगकी अध्यक्ष कमला पराजुली २०८२ साल असोज ४ गतेदेखि आयोगमा उपस्थित नभएको कारण देखाउदै खतिवडाले आफैलाई कार्यबाहकको जिम्मेवारी लिएकी हुन् । 

राष्ट्रिय महिला आयोग ऐन, २०७३ को दफा ४ को उपदफा २० तथा नेपालको संविधानको धारा १०१ को उपदफा ६ अनुसार आयोगको कार्यवाहक अध्यक्षको जिम्मेवारी आयोगकी वरिष्ठतम सदस्यलाई दिइने ब्यवस्था छ । 

राष्ट्रिय महिला आयोगको कार्यालयबाट जारी सूचनामा आयोगमा अध्यक्ष अनुपस्थित भएको अवस्थामा नियमअनुसार वरिष्ठ सदस्य कार्यवाहक अध्यक्ष हुने प्रावधान अनुसार खतिवडाले जिम्मेवारी लिएकी हुन् । 

यस निर्णयसँगै आयोगको दैनिक प्रशासनिक तथा कार्यसम्पादन सम्बन्धी जिम्मेवारी कृष्ण कुमारी पौडेल खत्रीमार्फत सञ्चालन हुने जानकारी आयोगले दिएको छ।