सुनचाँदीको मूल्य घट्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । स्थानीय बजारमा आइतबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ४८ सय रुपैयाँले घटेको हो।
आजका लागि छापावाल सुनको मूल्य तोलामा तीन लाख नौ हजार ४०० रुपैयाँ निर्धारण गरिएको छ। यसअघि गत शुक्रबार सुनको मूल्य तोलामा तीन लाख १४ हजार २०० रुपैयाँ कायम रहेको थियो । यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आइतबार चाँदीको मूल्य तोलामा २२५ रुपैयाँले घटेर पाँच हजार २७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
गत शुक्रबार चाँदीको मूल्य तोलामा पाँच हजार ४९५ रुपैयाँमा कारोबार भएको थियो।







