नेप्सेको ओरालो यात्रा

User Image Prime TV News ११ महिना अगाडि
Image of नेप्सेको ओरालो यात्रा

काठमाडौ । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को परिसूचक २७.८९ अंकले घटेर २६५४ अंकमा कायम भएको छ । कारोबारको सुरुवातमा उतारचढाव देखिए पनि समग्रमा बजार ओरालो लागेको छ। कारोबार रकममा पनि उल्लेखनीय कमी आएको छ।

अघिल्लो दिन ५ अर्ब २९ करोड रुपैयाँको कारोबार भएकोमा आज ४ अर्ब १२ करोड रुपैयाँमा झरेको छ। यस गिरावटमा दशैंको प्रभाव स्पष्ट देखिएको छ। दशैंअघि सेयर बेच्दा रकम हात पार्न समय लाग्ने भएकाले विक्रेताहरू उत्साहित देखिएका छैनन्, भने खर्चको तयारीमा रहेका खरिदकर्ता पनि सक्रिय छैनन्।

आजको दिन ५३ कम्पनीको सेयर मूल्यमा वृद्धि भएको छ भने १९३ कम्पनीको घटेको र ५ कम्पनीको मूल्य स्थिर रहेको छ। समूहगत सूचकहरू मध्ये होटल तथा पर्यटन समूह मात्र ०.८५ प्रतिशतले बढेको छ भने अन्य सबै समूह घटेका छन्। तीमध्ये ‘अन्य समूह’ सबैभन्दा धेरै २.१६ प्रतिशतले घटेको हो।

बैंकिङ समूह ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी समूह १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशतले घटेका छन्।