कांग्रेसले पराजयको समीक्षा गर्न प्रदेश–जिल्ला स्तरमा समिति गठन गर्न निर्देशन

User Image Prime TV News एक महिना अगाडि
Image of कांग्रेसले पराजयको समीक्षा गर्न प्रदेश–जिल्ला स्तरमा समिति गठन गर्न निर्देशन

काठमाडौ । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनमा अपेक्षित नतिजा नआएको भन्दै पराजयका कारणको विस्तृत समीक्षा प्रतिवेदन माग गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले सबै प्रदेश, जिल्ला कार्यसमिति र उम्मेदवारहरूलाई तत्काल अनुशासन समिति गठन गरी हारको कारण पहिचान गर्न निर्देशन दिएको हो। परिपत्र महामन्त्रीद्वय गुरुराज घिमिरे र प्रदीप पौडेल द्वारा हस्ताक्षरित छ।

परिपत्रमा फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम निराशाजनक रहेको उल्लेख गर्दै आत्मसमीक्षा गर्न आग्रह गरिएको छ। विधान, २०१७ को धारा ३४ अनुसार जिल्ला र प्रदेश अनुशासन समिति गठन नगरेको भए तत्काल गठन गरी संयोजक तथा सदस्यहरूको नाम र सम्पर्क विवरण केन्द्रीय कार्यालयमा पठाउन निर्देशन दिइएको छ।

प्रदेश, जिल्ला र उम्मेदवारहरूले पराजयका कारण, अनुभव, सुझाव र आगामी सुधारका विषयहरू समेटेर विस्तृत प्रतिवेदन पठाउनुपर्ने छ। केन्द्रीय कार्यालयले यसका लागि आगामी चैत्र ३ लाई अन्तिम समयसीमा तोकेको छ।