रास्वपाले समानुपातिक सांसदका ५७ जनाको नाम आयोगमा पठायो, सार्वजनिक नगर्ने निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदका ५७ जनाको नाम चयन गरी निर्वाचन आयोगमा पठाएको छ।
पार्टी प्रवक्ता मनिष झा ले दिएको जानकारी अनुसार हालै बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुष गरी ५७ जनाको नाम सिफारिस गरेको हो। झाले भने, "पार्टीले तोकिएको समयभित्र ५७ जनाको नाम निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको छ, तर उक्त नाम रुजु नभएसम्म सार्वजनिक गर्न सकिँदैन। आयोगले मात्र नाम रुजु गरेपछि नाम सार्वजनिक गरिनेछ।"
प्रवक्ताले समानुपातिक सांसदका नाम क्लस्टर अनुसार खस आर्यबाट १७, जनजाति १६, दलित ८, मुस्लिम ३, मधेशी ९, थारु ४ जनाको सिफारिस गरिएको जानकारी दिए । साथै पार्टीले जातीय, धार्मिक र भौगोलिक समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्दै नामावली तयार गरेको बताइएको छ ।







