५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता छैनः अर्थमन्त्री


विराटनगर । अर्थमन्त्री रामेश्वर खनालले ५ सय र १ हजार दरका नोटको नोटबन्दी गर्ने चर्चामा सत्यता नभएको स्पष्ट पारेका छन् । बुधबार बिराटनगर बिमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री खनालले नोटबन्दी गर्ने बिषयमा कुनै छलफल नै नभएको बताए ।
भारत सरकारले लगाएको जिएसटीका कारण नेपाली उद्योगलाई परेको प्रभाव बारे सोधिएको प्रश्नमा अर्थमन्त्री खनालले जिएसटीका कारण कुनै क्षति पुग्ने नदेखिएको भन्दै क्षति पुग्ने अवस्था भए सुधार गरिने जानकारी दिए । त्यस्तै उनले संविधान अनुसार बनेका प्रदेश संरचना खारेज नहुने पनि बताए । प्रदेश संरचना राजनैतिक विषय भएकाले यसबारे अहिले केही नसोचिएको मन्त्री खनालको भनाई छ ।