राप्रपाले चार समानुपातिक सांसदको नाम टुंग्यायो

User Image Prime TV News एक महिना अगाडि
Image of राप्रपाले चार समानुपातिक सांसदको नाम टुंग्यायो

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकतर्फका चार जना सांसदको नाम टुंगो लगाएको छ।

आइतबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले चार जनाको नाम चयन गर्दै सूची तयार गरेको हो। समानुपातिक कोटाअन्तर्गत खस आर्य पुरुषतर्फ भरत गिरी, मुस्लिम पुरुषतर्फ ताहिर अली, खस आर्य महिलातर्फ खुस्बु ओली र जनजाति महिलाबाट सरस्वती लामा चयन भएका छन्।

पार्टीले समानुपातिक प्रणालीअन्तर्गत विभिन्न समुदायको प्रतिनिधित्व सुनिश्चित गर्दै नामावली टुंगो लगाएको जनाएको छ।