एमालेले समानुपातिकतर्फ १६ जनाको नाम निर्वाचन आयोगमा पठायो

User Image Prime TV News एक महिना अगाडि
Image of एमालेले समानुपातिकतर्फ १६ जनाको नाम निर्वाचन आयोगमा पठायो

काठमाडौ । नेकपा एमालेले समानुपातिकतर्फ पाउने सिटअनुसार १६ जना सम्भावित सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ।

पार्टीका केन्द्रीय निर्वाचन विभाग प्रमुख नीरज आचार्यका अनुसार उक्त सूची आइतबार आयोगमा बुझाइएको हो। एमालेले जनजाति क्लस्टरबाट भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, पार्टी उपाध्यक्ष रामबहादुर थापा र कुलभक्त शाक्यलाई सिफारिस गरेको छ।

महिलातर्फ पद्मा अर्याल, टुकाभद्रा हमाल र एशुदा कुमारी बराल लाई सिफारिस गरिएको छ। पुरुषतर्फ गुरुप्रसाद बराल र पुष्पराज कँडेल छन्। थारू पुरुष क्लस्टरबाट कृपाराम राना लाई सिफारिस गरिएको छ।

त्यस्तै दलित महिलाबाट विष्णुमाया विक र नीता घतानी, मधेसी महिलाबाट रिङ्ला यादव र यशोधा कुमारी यादव तथा मधेसी पुरुषतर्फ चन्द्रेश्वर मण्डलको नाम सिफारिस गरिएको छ। मुस्लिम समुदायबाट साजिदा सिद्धिकी लाई पनि समानुपातिक सांसदका लागि सिफारिस गरिएको छ। यी नामहरू शनिबार बसेको पार्टी सचिवालय बैठकले अनुमोदन गरेको थियो।