प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन हुने


काठमाडौ । नेकपा माओवादी केन्द्रले केन्द्रीय कमिटी बिघटन गर्दै अध्यक्ष प्रचण्डको संयोजकत्वमा विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने भएको छ ।
पार्टी कार्यालय पेरिसडाडाँमा बसेको स्थायी कमिटी बैठकले एकता र आवश्यकताका आधारमा केन्द्रीय कमिटी भंग गर्ने र अध्यक्ष प्रचण्डले विशेष महाधिवेशन आयोजक समितिको संयोजन गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरकोे हो ।
पार्टीभित्र एकता कायम गर्न र वर्तमान अवस्थाका आधारमा केन्द्रीय कमिटी भंग गर्न लागिएको माओवादीले वताएको छ । बैठकले विशेष महाधिवेशनको मिति तोक्न समेत केन्द्रीय कमिटीमा प्रस्ताव लै जाने भएको छ ।
विशेष महाधिवेशन आयोजक समितिको संयोजकमा प्रचण्ड रहने निश्चित भएको भन्दै यसमा कसैको फरक मत भए केन्द्रीय कमिटीमा राख्न सकिने नेताहरुले वताएका छन् । केन्द्रीय कमिटीमा अध्यक्ष प्रचण्डले राजनीतिक प्रस्ताव प्रस्तुत गर्ने र प्रदेश अनुसार प्रतिनिधि बिभाजन गरि, केन्द्रीय समितिको पूर्ण बैठकमा रिपोर्टिङ हुने माओवादीले जनाएको छ।
त्यस्तै तोकिएको मितिमा नै निर्वाचन गर्न सरकारको ध्यानाकर्षण गर्ने र पार्टीको तर्फबाट यथासम्भव भूमिका खेल्ने निर्णय पनि माओवादीले गरेको छ ।
माओवादीले भोली ११ वजेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ ।