संसद भवनको क्षति अवलोकन गर्न पुगे अध्यक्ष दाहाल

User Image Prime TV News १ हप्ता अगाडि
Image of संसद भवनको क्षति अवलोकन गर्न पुगे अध्यक्ष दाहाल

काठमाडौ । राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले आगजनीबाट क्षति भएको बानेश्वरस्थित संघीय संसद भवनको अवलोकन गरेका छन् । जनेजी आन्दोलनका क्रममा गत भदौ २३ गते संसद भवनमा आगजनी भएको थियो । यस अघि सभामुख देवराज घिमिरे लगात अन्तरिम सरकारका मन्त्रीहरुले पनि संसद भवनको अवलोकन गरेका थिए । 

जेनजी आन्दोलनका क्रममा आगजनीबाट बानेश्वरस्थित संसद भवन पूर्ण रुपमा ध्वस्त छ । भवनको पुर्ननिर्माण गर्नु पर्ने भएकाले राष्ट्रियसभाको बैठक बस्न मिल्ने अबस्था छैन । अन्तरिम सरकारले अब सिंहदरवारमा निर्माणाधीन भवनमा संसदको बैठक वस्ने गरी तयारी गरेको छ ।