सुन र चाँदीको मूल्य बढ्यो

User Image Prime TV News एक महिना अगाडि
Image of सुन र चाँदीको मूल्य      बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। चाँदीको मूल्य पनि केही बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सोमबारका लागि तोकेको मूल्य अनुसार सुनचाँदी दुवै धातुको मूल्य बढेको हो।

महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा ३ लाख ९ हजार ५०० रुपैयाँ कायम गरिएको छ। अघिल्लो दिन आइतबार भने यही सुनको मूल्य ३ लाख ९ हजार ४०० रुपैयाँ रहेको थियो। त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५ हजार २७० रुपैयाँ कायम गरिएको छ। आइतबार चाँदीको मूल्य ५ हजार २६५ रुपैयाँ रहेको थियो।

अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढावका कारण नेपाली बजारमा पनि सुनचाँदीको मूल्य दैनिक रूपमा परिवर्तन हुने गरेको महासङ्घले जनाएको छ।