जेनजी मुभमेन्ट अलायन्सको माइतीघरमा मौन विरोध, प्रतिवेदन सार्वजनिक र नियुक्ति खारेजको माग

User Image Prime TV News एक महिना अगाडि
Image of जेनजी मुभमेन्ट अलायन्सको माइतीघरमा मौन विरोध, प्रतिवेदन सार्वजनिक र नियुक्ति खारेजको माग

काठमाडौ । जेनजी मुभमेन्ट अलायन्सले सोमबार काठमाडौँको माइतीघर मण्डलामा मौन विरोध प्रदर्शन गर्दै सरकारलाई गौरी बहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न र पछिल्ला राजनीतिक नियुक्तिहरू खारेज गर्न दबाब दिने प्रयास गरेको छ।

अलायन्सले आफ्ना आँखामा कालो पट्टी बाँधेर प्रदर्शन गरेको थियो। उनीहरूले आयोगको प्रतिवेदन लामो समयदेखि गुपचुप राखिएको भन्दै तत्काल सार्वजनिक गर्नुपर्ने माग राखेका छन्। त्यसैगरी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठलाई राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष पदमा गरिएको नियुक्ति तत्काल खारेज गर्नुपर्ने पनि अलायन्सले जोड दिएका छन्।

अलायन्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “सरकारले हामीसँग गरेको सहमतिको बर्खिलाप गर्दै अपारदर्शी र कृपावादी ढङ्गले आफ्ना आसेपासेलाई नियुक्ति दिनु घोर आपत्तिजनक छ। राज्यका निकायहरूलाई राजनीतिक भर्ती केन्द्र बनाउने पुरानै प्रवृत्ति दोहोरिनु जनता र जेनजी जनआन्दोलनमाथिको कुठाराघात हो।”

अलायन्सले आफ्नो माग पूरा गराउन सरकारमाथि निरन्तर दबाब दिने चेतावनी दिएको छ।