डा.बाबुराम भट्टराईद्वारा पार्टी अध्यक्षबाट राजीनामा, नेपाल समाजवादी पार्टी विशेष महाधिवेशनमा

User Image Prime TV News १ हप्ता अगाडि
Image of डा.बाबुराम भट्टराईद्वारा पार्टी अध्यक्षबाट राजीनामा, नेपाल समाजवादी पार्टी विशेष महाधिवेशनमा

काठमाडौ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीको नेतृत्वबाट राजीनामा दिएका छन्। बुधबार काठमाडौंमा बसेको केन्द्रीय समिति बैठकमा भट्टराईले औपचारिक रूपमा अध्यक्ष पदबाट राजीनामा पत्र पेश गरेका हुन्।

जेनजी आन्दोलन पछि नेतृत्व र पुस्तान्तरणको बहस उठेसंगै भट्टराईले पदबाट राजीनमाको घोषणा गरेका हुन् । भट्टराईको राजीनामा संगै नेसपाको सांगठनिक पुनर्संरचनाको आवश्यकता र भावी राजनीतिक दिशा निर्धारण गर्ने सन्दर्भमा महत्वपूर्ण मोडको रूपमा हेरिएको छ।

पार्टी केन्द्रीय समितिमा भट्टराईको राजीनामा पेश भएसंगै केन्द्रीय समिति भंग गर्ने निर्णय गरेको छ। साथै, पार्टीको आगामी मार्गदर्शन र सांगठनिक संरचना तय गर्नकालागि विशेष महाधिवेशन बोलाउने निर्णयसमेत गरेको छ । विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने, सांगठनिक ढाँचा परिमार्जन गर्ने र भावी राजनीतिक एजेन्डा तय गर्ने बताइएको छ । 

महाधिवेशनको तयारीकालागि पार्टीले आयोजक समिति गठन गरेको छ। उक्त समितिको संयोजकका रूपमा पार्टीका वरिष्ठ उपाध्यक्ष दुर्गा सोबलाई तोकिएको छ । दुर्गा सोबलाई संयोजक बनाइनु पार्टीमा महिलाको नेतृत्व समावेशीता र नयाँ पुस्तालाई अग्रसर गराउने संकेतका रूपमा समेत लिइएको छ।