प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् । प्रधानमन्त्री कार्कीको याे पहिलो सम्बोधन हुनेछ । सम्वाेधनमा प्रधानमन्त्री कार्कीले सरकारका प्राथमिकता र वचनबद्धताहरू सार्वजनिक गर्ने तयारी गरेकी छन्।
प्रधानमन्त्री कार्कीको सम्बोधनको तयारी गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा भइरहेको छ। यसमा मुख्यसचिवसहित अन्य सचिवहरू पनि संलग्न छन्। प्रधानमन्त्रीको सम्बोधनपछि आज साँझ ६ बजे मन्त्रिपरिषद् बैठक पनि बस्नेछ, जसमा सरकारका प्रमुख योजनाहरू र आगामी कार्यदिशा बारे छलफल हुने बताइएकाे छ ।
कार्कीको सम्बोधनले सरकारको प्राथमिकताहरू, योजनाहरू र वचनबद्धताहरूको स्पष्टता ल्याउने अपेक्षा गरिएको छ।