जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन

User Image Prime TV News एक महिना अगाडि
Image of जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि काठमाडौंमा प्रदर्शन

काठमाडौ । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरुले आज पनि काठमाडौंमा प्रदर्शन गरेका छन् । 

छिटो भन्दा छिटो जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्नेमा भन्दै उनीहरुले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेका हुन् । उनीहरुले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल, रायमाझी र मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने उल्लेख गरेका छन् ।

नेपालमा छानविन आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने देखिएकाले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने हो की भन्ने आशंका व्यक्त गरेका छन् । जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर भदौ २३ र २४ को घटनाका दोषिलाई कडा कारवाही हुनुपर्ने युवाहरुको भनाइ छ ।