भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका चार अभियुक्त पुनः जेल फर्किए

User Image Prime TV News ११ महिना अगाडि
Image of भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका चार अभियुक्त पुनः जेल फर्किए

काठमाडाै । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका चार अभियुक्त पुनः जेल फर्किएका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणसँग सम्बन्धित चार अभियुक्त पूर्वसचिव टेकनारायण पाण्डे, बेचन झा, इन्द्रजित राई र प्रतिक थापा पुनः केन्द्रीय कारागार सुन्धारामा फर्किएका छन्।

कारागार प्रशासनका अनुसार पाण्डे, झा र राई मंगलबार साँझ र प्रतिक थापा बुधबार कारागार फर्किएका हुन्। यसअघि सोमबार पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि जेल फर्किएका थिए।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा कारागारमा तोडफोड भएको थियो, जसका कारण ३,३०० भन्दा बढी कैदीबन्दी फरार भएका थिए।