रास्वपाको अभिमुखीकरण आज सकिँदै, सभापति रवि लामिछानेले सम्बोधन गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीले नव निर्वाचित सांसदहरूका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा मंगलबारदेखि सुरु भएको कार्यक्रममा उपसभापतिद्वय स्वर्णिम वाग्ले र डीपी अर्यालले उद्घाटन गरेका थिए। पहिलो दिनको कार्यक्रममा भने सभापति लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह सहभागी भएका थिएनन्।
पार्टीका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार आजको समापन समारोहमा सभापति लामिछानेसँगै वरिष्ठ नेता शाह पनि सहभागी हुन सक्ने सम्भावना छ। यद्यपि, सार्वजनिक कार्यक्रम तालिकामा शाहको सहभागिताबारे स्पष्ट उल्लेख गरिएको छैन।
अभिमुखीकरण कार्यक्रममार्फत नव निर्वाचित सांसदहरूलाई संसदीय अभ्यास, नीति निर्माण प्रक्रिया तथा पार्टीको कार्यदिशाबारे प्रशिक्षण दिइएको छ। कार्यक्रम आज औपचारिक रूपमा समापन हुने र आगामी संसदीय भूमिकाका लागि सांसदहरूलाई तयार पार्ने लक्ष्य राखिएको रास्वपाले जनाएको छ।







