रास्वपाको अभिमुखीकरण कार्यक्रममा बालेन शाह सहभागी हुने सम्भावना न्यून

User Image Prime TV News एक महिना अगाडि
Image of रास्वपाको अभिमुखीकरण कार्यक्रममा बालेन शाह सहभागी हुने सम्भावना न्यून

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुईदिने अभिमुखीकरण कार्यक्रम आज समापन हुँदैछ। कार्यक्रमको अन्तिम दिन पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यसूची रहेको छ।

यसबीच, पार्टीका वरिष्ठ नेता बालने शाह भने कार्यक्रममा सहभागी हुने सम्भावना न्यून देखिएको छ। उनीनिकट स्रोतका अनुसार कार्यव्यस्तताका कारण बालेनको उपस्थितिको सम्भावना कम रहेको बताइएको छ । 

अभिमुखीकरण कार्यक्रमको औपचारिक कार्यसूचीमा पनि बालेनको सहभागिता उल्लेख गरिएको छैन। तथापि, पार्टीभित्रबाट उनलाई कार्यक्रममा सहभागी गराउने प्रयास भने जारी रहेको बताइएको छ। रास्वपाले आयोजना गरेको उक्त अभिमुखीकरण कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्तालाई संगठन, नीति र आगामी रणनीतिबारे जानकारी गराइएको जनाइएको छ।