फेरिए काठमाडाैकाे सिडियाे

User Image Prime TV News ११ महिना अगाडि
Image of फेरिए काठमाडाैकाे सिडियाे

काठमाडाै । गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी छबी रिजाललाई हटाएर नयाँ प्रमुख जिल्ला अधिकारी नियुक्त गरेको छ।

गृहमन्त्री ओमप्रकाश अर्यालले मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिव इश्वराज पौडेललाई काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएका छन्।

यसैसँगै, रिजाललाई मन्त्रालयमा स्थानान्तरण गरिएको छ। इश्वराज पौडेललाई केही दिनअघि मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट काठमाडौंको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिने निर्णय गरेको थियो।

पौडेलले करिब आठ वर्ष अघि मन्त्रालय मातहत कार्यरत सुन तस्करी सम्बन्धी छानबिन समितिको संयोजकको रूपमा काम गरेका थिए।