निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा रुद्राभिषेक पूजा

User Image Prime TV News एक महिना अगाडि
Image of निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिमा रुद्राभिषेक पूजा

काठमाडौ । निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि प्रधानमन्त्री सुशीला कार्कीले आज बिहान पशुपतिनाथ मन्दिरमा विशेष पूजा गरेकी छन्।

प्रधानमन्त्रीको सचिवालयका अनुसार उनले पशुपतिनाथको दर्शन गर्दै रुद्राभिषेक पूजा गरी मुलुकमा शान्ति, स्थायित्व र समृद्धिका लागि प्रार्थना गरेकी हुन्। निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा आराध्यदेवप्रति कृतज्ञता व्यक्त गर्दै उनले आगामी दिनमा देशलाई अझ उन्नतिको दिशामा अघि बढाउने प्रतिबद्धता जनाइन्।

पूजापछि संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री कार्कीले मुलुकलाई स्थिरता र विकासको मार्गमा अघि बढाउन सबै पक्षबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरिन्। साथै, नेपाली समाजमा आपसी एकता, सद्भाव र आत्मीयताको भावना अझ मजबुत बन्दै जानुपर्नेमा जोड दिइन्।

उक्त अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोष का पदाधिकारीहरू तथा अन्य सरोकारवाला व्यक्तिहरूको समेत उपस्थिति रहेको थियो।निर्वाचनपछि सरकार प्रमुखको धार्मिक स्थलमा पुगेर कृतज्ञता व्यक्त गर्ने यो कदमलाई आगामी राजनीतिक प्रक्रियासँगै मुलुकलाई स्थायित्वतर्फ लैजाने संकेतका रूपमा पनि हेरिएको छ।