लामिछानेको संदेश: जनताले चाहेको परिवर्तन रोक्न सक्दैन

User Image Prime TV News एक महिना अगाडि
Image of लामिछानेको संदेश: जनताले चाहेको परिवर्तन रोक्न सक्दैन

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले परिवर्तन चाहेको खण्डमा कुनै पनि ठूलो शक्ति त्यसलाई रोक्न नसक्ने बताएका छन्।

रास्वपाको अभिमुखीकरण कार्यक्रमको समापन सत्रमा बोल्दै लामिछानेले भने, "अब पुरानो प्रवृत्तिबाट बाहिर आउनुपर्नेछ। यो चुनाव ५ वर्षमा आउने नियमति चुनाव होइन। जनताले रगत बगाएर आएको चुनाव हो। त्यसैले हामीलाई हल्का बन्ने छुट छैन।"

उनले आगामी चुनावलाई जनताको व्यापक सहभागिता र सक्रियतासहित अघि बढाउने महत्त्वको कुरा औंल्याए र पार्टीका कार्यकर्तालाई पूर्ण एकता र प्रतिबद्धता देखाउन आग्रह गरे।