समानुपातिक सांसदलाई आज प्रमाणपत्र प्रदान गरिदै
Prime TV News एक महिना अगाडि 
काठमाडौ । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ निर्वाचित ११० जना सांसदलाई आज निर्वाचन आयोगले प्रमाणपत्र प्रदान गर्दैछ। यो प्रक्रिया सकिएसँगै नयाँ संसद् औपचारिक रूपमा सक्रिय हुने बाटो खुल्नेछ।
निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका ५७, नेपाली कांग्रेसका २०, नेकपा एमालेका १६, नेकपाका ९ तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी बाट चार/चार जना सांसद निर्वाचित भएका छन्।
प्रमाणपत्र वितरणपछि आयोगले प्रतिनिधिसभा निर्वाचन, २०८२ को अन्तिम परिणामसहितको समग्र प्रतिवेदन रामचन्द्र पौडेल समक्ष बुझाउने तयारी गरेको छ।
संविधानअनुसार उक्त प्रतिवेदन बुझाएपछि सरकार गठनको प्रक्रिया औपचारिक रूपमा सुरु हुनेछ। धारा ७६(१) अनुसार बहुमत प्राप्त दललाई सरकार गठनका लागि आह्वान गरिनेछ।







