आज देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना

User Image Prime TV News १ हप्ता अगाडि
Image of आज देशका विभिन्न स्थानमा मौसम बदली र वर्षा हुने सम्भावना

काठमाडाै । देशका विभिन्न स्थानमा मौसम बदली रही वर्षा हुने क्रम जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ महाशाखाले आज जारी गरेको मौसम बुलेटिनअनुसार, दिउँसो देशका पहाडी भूभागमा सामान्यतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थान, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका थोरै स्थान तथा अन्य भूभागका एक(दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै, कोसी र बागमती प्रदेशका पहाडी क्षेत्रमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना पनि छ।

रातिको समयमा देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतः सफा रहने अनुमान गरिएको छ।