विदेशी मुद्राको विनिमय दर घट्यो


काठमाडाै । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि प्रकाशित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको मूल्य घटेको छ। अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुबेती दिनार र बहराइन दिनारसहित विदेशी मुद्राको मूल्य घटेको हाे ।
अमेरिकी डलरको खरिददर १४१.६१ र बिक्रीदर १४२.२१ रुपैयाँमा झरेको छ, जुन हिजोको तुलनामा केही कम हो। युरो १६६.४० खरिद र १६७.१० बिक्री दर कायम गरिएकाे छ भने पाउन्ड १९०.६५ खरिद र १९१.४६ बिक्री दर , अस्ट्रेलियन डलर ९३.५१ खरिद र ९३.९१ बिक्री दर , कुबेती दिनार ४६४.७५ खरिद र ४६६.७२ बिक्री दर तथा बहराइन दिनार ३७५.५८ खरिद र ३७७.१७ बिक्री दर छ।
राष्ट्र बैंकले विनिमयदर आवश्यकतानुसार परिवर्तन हुनसक्ने जनाएको छ।