नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बस्दै

User Image Prime TV News १ हप्ता अगाडि
Image of नेकपा माओवादी केन्द्रकाे केन्द्रीय समिति बस्दै

काठमाडाै । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

बैठकमा जेनजी विद्रोहपछिको राजनीतिक घटनाक्रम, अध्यक्ष प्रचण्डले पेस गरेको केन्द्रीय समिति विघटन गरी मङ्सिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव, महाधिवेशन तयारी लगायतका विषयमा छलफल हुने बताइएकाे छ ।

यसअघि असोज ५ गते बसेको पदाधिकारी बैठकमा प्रचण्डले केन्द्रीय समिति विघटन गर्ने प्रस्ताव राखेका थिए भने हिजाे बसेकाे स्थायी समिति बैठकले प्रचण्डकाे नेतृत्वमा विशेष महाधिवेशन आयाेजक कमिटि वनाउने निर्णय गरेकाे थियाे । 

पदाधिकारी र स्थायी समितिकाे एजेण्डा आज बस्ने केन्द्रीय समितिले पारित गरे माओवादीकाे सबै कमिटी भंग हुने छ ।