दशैंको टीकाको दिन मात्र अध्यागमन विभागको सेवा बन्द
Prime TV News ११ महिना अगाडि 
काठमाडाै । दशैंको अवसरमा अधिकांश सरकारी कार्यालयहरू बन्द रहने भए पनि अध्यागमन विभागले टीकाको दिन बाहेक अन्य दिनमा सेवा निरन्तर रूपमा सञ्चालन गर्ने भएको छ।
विभागका अनुसार दशैंको सार्वजनिक बिदाको अवधिमा असोज १६ गते टीकाको दिन मात्र सेवा बन्द हुनेछ। फूलपातिको दिन देखि नवमीसम्म पनि विभागका केही शाखाहरूबाट सेवा प्रदान विभागले जनाएकाे छ ।
पर्यटक भिसा शाखा र एजेंसी शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुला रहनेछ। विभागद्वारा जारी सूचनामा, दशैंको मुख्य दिन टीका बाहेक अन्य सबै दिनमा सेवा सुचारु रहने स्पष्ट गरिएको छ।







