संघीय संसद्को पहिलो अधिवेशन चैत १६ मा, सुशीला कार्कीको अन्तरिम सरकारले आह्वान गर्ने
Prime TV News एक महिना अगाडि 
काठमाडौ । फागुन २१ को निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन चैत १६ मा आह्वान हुने भएको छ। हालको अन्तरिम प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले संसद्को अधिवेशन आह्वान गर्न शुक्रबार मन्त्रिपरिषद् बैठक बोलाएको छ।
सरकारी स्रोतका अनुसार सामान्यतया अधिवेशन आह्वान नयाँ सरकारले गर्ने प्रचलन भए पनि, विभिन्न दलहरूले चैत १६ मा अधिवेशन सञ्चालन गर्नुपर्ने अडान राखेपछि यस सरकारलाई आह्वान गर्न बाध्य बनेको हो।
नवनिर्वाचित सांसदहरूको शपथ चैत १२ का लागि तोकिएको छ। कानुनअनुसार अधिवेशन आह्वान गर्दा सात दिनको सूचना दिनुपर्दछ, त्यसैले यसै समयसीमा भित्र अधिवेशन आह्वान आवश्यक भएको सचिवालयले जनाएको छ।
सङ्घीय संसद् सचिवालयका पदाधिकारीका अनुसार, सरकारले सचिवालयलाई तयारी थाल्न जानकारी गराइसकेको छ। यसअघि अन्तरिम सरकारले आह्वान गर्ने कि नयाँ सरकारले गर्ने भन्ने विषयमा अन्योल थियो।







