प्रधानमन्त्री कार्की सचिवालयका दुई सल्लाहकारले दिए राजीनामा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नयाँ सरकार गठनको तयारी भइरहेका बेला प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयका दुई वरिष्ठ सदस्यले राजीनामा दिएका छन्।
बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाल र जनसम्पर्क सल्लाहकार गोबिन्द नारायण तिमिल्सिनाले केही दिन अघि नै आफ्नो पदबाट राजीनामा बुझाएका हुन् । स्रोतका अनुसार, “खनाल र तिमिल्सिनाले राजीनामा चैत २ मा बुझाइसक्नु भएको हो। सम्भावित कारण सरकारले सकरारको कार्यकाल नजिक पुग्नु हो।” दुवैसँग फोन सम्पर्क गर्दा उपलब्ध हुन सकेन।
फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा रास्वपाले झन्डै दुई सिट जितेको थियो। यसपछि पार्टीले एकल सरकार गठनको तयारी सुरु गरेको छ। नवनिर्वाचित सांसदहरूले चैत १२ मा शपथ लिएलगत्तै, चैत १३ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहको प्रधानमन्त्री नियुक्ति हुने तयारी भइरहेको छ।







