पश्चिमी वायुको प्रभाव, काठमाडौं सहित देशका केही क्षेत्रमा वर्षा सुरु

User Image Prime TV News एक महिना अगाडि
Image of पश्चिमी वायुको प्रभाव, काठमाडौं सहित देशका केही क्षेत्रमा वर्षा सुरु

काठमाडौ । पश्चिमी वायु प्रणालीको प्रभावका कारण देशका केही स्थानमा शुक्रबार दिउँसो पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न भूभागसहित काठमाडौं र ललितपुरमा समेत वर्षा भइरहेको छ।

जलवायुविज्ञहरुका अनुसार, “पश्चिमी वायुको ठूलो प्रणाली नेपालगन्ज–दाङ हुँदै बुटवल र पोखरा तर्फ सर्न लागेको छ। काठमाडौंको दक्षिणी भाग जस्तै भैँसेपाटी र गोदावरीमा वर्षा सुरु भएको छ।”

उपेतीले चेतावनी दिएका छन् कि अबको केही घण्टामा यो प्रणाली अझ सक्रिय हुने सम्भावना छ। साथै हावाहुरी र असिनापानी बढ्ने जोखिम पनि छ। स्थानीयवासीहरूलाई सुरक्षित रहन र वर्षा तथा असिनापानीको सम्भावित असरप्रति सचेत रहन विज्ञहरूले आग्रह गरेका छन्।