इरानमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेपाली पक्राउ

User Image Prime TV News एक महिना अगाडि
Image of इरानमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा नेपाली पक्राउ

काठमाडौ । इरानको होर्मुज जलक्षेत्रमा सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा एक नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा  धनुषाका अमृत झा रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हाल इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच जारी तनावपूर्ण अवस्थाबीच उक्त घटना सार्वजनिक भएको हो।

जानकारीअनुसार यूएई क्षेत्रमा भएको मिसाइल तथा ड्रोन आक्रमणसँग सम्बन्धित फोटो तथा भिडियो सामाजिक सञ्जालमा शेयर गरेको आरोपमा झा लाई इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन्।

नेपालको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा यस्ता गतिविधिमा संलग्नलाई इरानले कडा निगरानीमा राख्ने र कडा सजाय हुन सक्ने बताएका छन्।

उनले युद्ध वा सुरक्षा संवेदनशीलतासँग सम्बन्धित फोटो, भिडियो वा अन्य सामग्री जथाभावी सामाजिक सञ्जालमा शेयर नगर्न सबै नेपालीलाई आग्रह गरे। साथै, विदेशमा रहेका नेपालीहरूले स्थानीय कानुनको पूर्ण पालना गर्नुपर्नेमा पनि उनले जोड दिएका छन्।