नेविसंघ नेपाली कांग्रेसको भ्रातृसंस्थाको रूपमा नरहने निर्णय
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाल विद्यार्थी संघले अब नेपाली कांग्रेसको भ्रातृसंस्थाको रूपमा नरहने निर्णय गरेको छ। काठमाडौंमा सम्पन्न सिनेट बैठकले नेविसंघलाई अब विद्यार्थीहरूको हिताग्रही र स्वायत्त संस्थाका रूपमा अघि बढाउने नीति अपनाएको हो।
नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले सिनेट बैठकको निर्णयले नेविसंघलाई स्वायत्त र स्वतःसञ्चालित संस्थाको रूपमा स्थापित गरेको बताए। उनले भने, “अब पार्टीप्रति सैद्धान्तिक समर्थन रहँदा पनि संगठनको कार्यप्रणाली पूर्ण रूपमा स्वायत्त हुनेछ। बदलिँदो समय अनुसार विद्यार्थी आन्दोलनमा सुधार आवश्यक थियो।”
अध्यक्ष शेर्पाले थपे, “पार्टीको भ्रातृसंस्थाको रूपमा रहँदा विद्यार्थी संगठन र आन्दोलनप्रति प्रश्न उठ्न थालेको थियो। अब नेविसंघ लोकतान्त्रिक मूल्य र विद्यार्थीहरूको विवेकअनुसार स्वतन्त्र रूपमा अघि बढ्नेछ।” सिनेट बैठकले नेविसंघको आगामी बैशाख २० र २१ मा हुने कार्यक्रमको निर्णय पनि गरेको छ।







