स्थानीय बजारमा सुन–चाँदीको मूल्यमा ठूलो गिरावट
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपालको स्थानीय बजारमा सुन र चाँदीको मूल्य ह्वात्तै घटेको छ।
आइतबार सुनको मूल्य प्रतितोला १२ हजार ५०० रुपैयाँले घटेर २ लाख ८२ हजार रुपैयाँमा कायम भएको छ। सुन चाँदी ब्यवसायी महासंघका अनुसार, अघिल्लो कारोबार दिन शुक्रबार सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यससँग तुलना गर्दा एकै दिनमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको देखिन्छ। चाँदीको मूल्य पनि प्रतितोला ३५५ रुपैयाँले घटेर ४,५४० रुपैयाँमा पुगेको छ। शुक्रबार चाँदी ४,८९५ रुपैयाँमा कारोबार भएको थियो।
व्यवसायीहरूका अनुसार, अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्नु, अमेरिकी डलरको मजबुती, तथा विदेशी विनिमय दरमा आएको उतारचढावले स्थानीय बजारमा सुन–चाँदीको मूल्य घट्न प्रमुख कारण बनेको छ।







