पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लद्दाखमा भएको प्रदर्शन हिंसात्मक

User Image Prime TV News १ हप्ता अगाडि
Image of पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित लद्दाखमा भएको प्रदर्शन हिंसात्मक

काठमाडौ । भारतमा केन्द्र शासित प्रदेश लद्दाखलाई पूर्ण राज्यको दर्जा दिनुपर्ने मागसहित सुरु भएको प्रदर्शन हिंसात्मक बनेको छ। विद्यार्थी र सुरक्षाकर्मीबीचको झडपमा परी ४ जनाको मृत्यु भएको छ भने ७० जना भन्दा बढी घाइते भएका छन्।

प्रदर्शनका क्रममा विद्यार्थीहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। भाजपा कार्यालय र सीआरपीएफको गाडीमा समेत आगजनी गरिएको छ। यसैबीच प्रशासनले लेहमा कुनै पनि र्याली वा प्रदर्शन गर्न रोक लगाएको छ । विद्यार्थीहरू सामाजिक अभियन्ता सोनम वाङ्चुकको समर्थनमा आन्दोलनमा उत्रिएका हुन्।

वाङ्चुक १५ दिनदेखि आमरण अनशनमा बसेका थिए। माग पूरा नभएको विरोधमा प्रदर्शनकारीहरूले बन्दको आह्वान गरेका थिए। सोही क्रममा हिंसा शुरु भएको हो। अभियन्ता वाङ्चुकले यो लद्दाखका लागि दुःखको दिन भएको बताएका छन्। पाँच वर्षदेखि शान्तिपूर्ण बाटोमा हिँडिरहेको समेत उनले बताएकाछन् ।