कांग्रेसमा देउवा समूहको समानान्तर समिति गठन प्रक्रिया अघि बढ्यो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेस भित्र समानान्तर समिति गठनको प्रक्रिया सक्रिय भएको छ। पार्टी शेरबहादुर देउवा नेतृत्वको समूहले आज बिहान छुट्टै भेला आयोजना गरी पुरानो केन्द्रीय कार्यसम्पादन समितिका नेताहरूसँग छलफल गर्दै समानान्तर गतिविधि अघि बढाउने निर्णय गरेको छ।
बैठकमा सहभागी नेता मीन विश्वकर्माले भने, अदालतमा कांग्रेस नेतृत्वसम्बन्धी मुद्दा विचाराधीन रहेकाले अन्तिम फैसला नआएसम्म समानान्तर गतिविधि जारी रहनेछ। उनका अनुसार अघिल्लो केन्द्रीय समितिले कारबाही गरेका दुई नेता गगन थापा र विश्वप्रकाश शर्मा लाई बैठकमा बोलाइने छैन।
विश्वकर्माले भने, “उहाँहरू कारबाहीमा पर्नुभएको छ, कारबाहीमा परेकालाई बैठकमा बोलाउन मिल्दैन। बैठक बोलाउने दिनको निर्णय नेता पूर्णबहादुर खड्का ले पार्टीका नेतासँग परामर्श गरेर गर्नेछन्।”
देउवा समूहको यो कदमले पार्टी भित्रको विवाद र नेतृत्वको अस्थिरतासँग सम्बन्धित नयाँ चरणको संकेत गरेको देखिन्छ।







