नेप्से आज उच्च अंकले बढ्यो, परिसूचक २,९३१ विन्दुमा

User Image Prime TV News एक महिना अगाडि
Image of नेप्से आज उच्च अंकले बढ्यो,  परिसूचक २,९३१ विन्दुमा

काठमाडौ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बजारमा ठूलो अंकले वढेको छ । नेप्से परिसूचक ५४.५१ अंकले बढेर २,९३१ विन्दुमा बन्द भएको छ।

आज १८३ कम्पनीका शेयर मूल्य बढेका छन् भने ७३ कम्पनीका शेयर मूल्य घटेका छन्। दिनभर ३६४ कम्पनीका ६ करोड १४ लाख ७ हजार कित्ता शेयर किनबेच भएको छ, जसको कुल कारोबार २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।

आज सबैभन्दा बढी कारोबार कुमारी बैंकको भएको छ, जसको शेयर कारोबार ८५ करोड ९६ लाख रुपैयाँ छ। नेशनल हाइड्रोपावरको शेयर कारोबार ७७ करोड ८७ लाख रुपैयाँ र शिवम् सिमेन्टको ७५ करोड २६ लाख रुपैयाँ पुगेको छ।

आज कर्पोरेट डभेलपमेन्ट बैंक, सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, अभियान लघुवित्त, सोलु हाइड्रोपावर र भुजुङ हाइड्रोपावरका लगानीकर्ताले करिब १० प्रतिशत नाफा कमाएका छन्। त्यस्तै, एनआइसी एशिया ब्यालेन्स फन्डका इकाईधनीले आज सबैभन्दा बढी घाटा बेहोरेका छन्। यस फन्डका इकाईधनीले ५.७१ प्रतिशत घाटा व्यहोरेको छ ।