राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका बिषयमा छलफल

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकमा आगामी अधिवेशनको पूर्वतयारीका बिषयमा छलफल

काठमाडौ । राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको छ। 

आइतबार अध्यक्ष नारायण प्रसाद दाहालको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकमा आगामी अधिवेशनको पूर्वतयारी, रिक्त रहेको राष्ट्रिय सभा उपाध्यक्ष र समिति सभापतिको निर्वाचन, नवनिर्वाचित सदस्यहरूको समिति विभाजन लगायतका विषयमा छलफल भइरहेको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल कुमार सिन्हा, राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेता, प्रमुख सचेतक, सचेतक र प्रतिनिधिहरूको सहभागिता रहेको छ।