भारत एसिया कप क्रिकेटको फाइनलमा


काठमाडौ । भारत एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोरको दोस्रो खेलमा बंगलादेशलाई ४१ रनले हराउँदै भारत फाइनल प्रवेश गरेको हो ।
यूएईको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो । भारतका लागि ओपनर अभिषेक शर्माले सानदार अर्धशतक बनाए । मात्र ३७ बल खेलेका उनले पाँच छक्का र ६ चौकाको मद्दतमा ७५ रन जोडेका हुन् ।
हार्दिक पाण्डेयले ३८ रन जोड्दा शुभमन गिलले २१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने उल्लेख्य रन जोड्न सकेनन् । बंंगलादेशका रिशाद हुसैनले दुई विकेट हात पारे । १ सय ६९ रनको लक्ष्य पछ्याएको बंगलादेश १९ ओभर ३ बलमा अलआउट हुँदै १२७ रनमा समेटिएको हो ।
बंगलादेशका साहिद हसनले अर्धशतक बनाए । ५१ बलको सामना गरेका उनले पाँच छक्का र तीन चौकाको मद्दतमा सर्वाधिक ६९ रन बनाए । उसका लागि प्राभेज हुसेनले २१ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहारो अंक जोड्न सकेनन् । बंगलादेशलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले सर्वाधिक तीन विकेट हात पारे ।
एसिया कपको फाइनलमा भारतले बंगलादेश र पाकिस्तानको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपको फाइल सेप्टेम्बर २८ तारिखमा हुँदैछ ।