प्रतिवेदन बुझाएसंगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा समापन

User Image Prime TV News एक महिना अगाडि
Image of प्रतिवेदन बुझाएसंगै निर्वाचन प्रक्रिया औपचारिक रूपमा समापन

काठमाडौ । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ को सम्पूर्ण मतपरिणाम समेटिएको प्रतिवेदन निर्वाचन आयोगले प्रधानमन्त्री सुशीला कार्कीलाई बुझाएपछि निर्वाचन प्रक्रियाको औपचारिक समापन घोषणा भएको छ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्त डा. जानकी कुमारी तुलाधर, सगुन शम्शेर जबरा तथा सचिव कृष्णबहादुर राउतसहितको टोली बालुवाटार पुगेर प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रतिवेदनमा निर्वाचनको व्यवस्थापन, मतगणना, देखिएका चुनौती, सुधारका सिफारिस र समग्र मूल्याङ्कन समावेश गरिएका छन्।

प्रतिवेदन बुझाउने कार्यक्रममा गृहमन्त्री, कानुनमन्त्रीलगायतका मन्त्रीहरूको उपस्थिति रहेको थियो । प्रधानमन्त्री कार्कीले प्रतिवेदन प्राप्त गरेपछि निर्वाचन आयोगले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै पारदर्शी र निष्पक्ष निर्वाचनका लागि सरकार आवश्यक सहयोगका लागि तयार रहेको बताएको स्रोतले जानकारी दिएको छ।

यससँगै प्रतिनिधि सभा निर्वाचनको औपचारिक चरण पूरा भएको छ भने अब आयोगका सिफारिसहरू कार्यान्वयनतर्फ अघि बढ्ने अपेक्षा गरिएको छ।