मध्यपूर्व तनाव बढेपछि अमेरिकी नागरिकलाई सावधानी अपनाउन अपिल

User Image Prime TV News एक महिना अगाडि
Image of मध्यपूर्व तनाव बढेपछि अमेरिकी नागरिकलाई सावधानी अपनाउन अपिल

काठमाडौ । मध्यपूर्वमा बढ्दो तनावका कारण अमेरिकी विदेश मन्त्रालयले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

मन्त्रालयले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै विश्वभर, विशेषगरी मध्यपूर्वमा रहेका अमेरिकी नागरिकलाई थप सावधानी अपनाउन भनेको हो। सूचनामा हवाई उडानहरू बीच–बीचमा बन्द हुन सक्ने भएकाले यात्रामा समस्या आउन सक्ने उल्लेख गरिएको छ।

साथै, मध्यपूर्व बाहिर पनि अमेरिकी दूतावास वा कूटनीतिक नियोगहरू जोखिममा पर्न सक्ने चेतावनी दिइएको छ। मन्त्रालयका अनुसार इरान समर्थित केही समूहहरूले विदेशमा अमेरिका र अमेरिकी नागरिकसँग सम्बन्धित स्थानलाई निशाना बनाउन सक्ने सम्भावना छ।

यस अवस्थामा अमेरिकी नागरिकलाई अनावश्यक यात्रा नगर्न, आफ्नो सुरक्षामा ध्यान दिन र स्थानीय अवस्थाबारे जानकारी लिँदै बस्न आग्रह गरिएको छ।