दार्चुलामा फेरि भूकम्प
Prime TV News एक महिना अगाडि 
काठमाडौ । दार्चुलामा गएराति भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र का अनुसार बिहान ३ बजेर ५१ मिनेटमा मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो। केन्द्रका भूकम्पविद् लोक विजय अधिकारीले भूकम्पको तीव्रता ४.२ म्याग्निच्युड रहेको जानकारी दिएका छन्।
अहिलेसम्म भूकम्पले कति क्षति पुर्यायो भन्ने विवरण आएको छैन। यसअघि पनि चैत ३ गते दार्चुलामै ४ म्याग्निच्युडको भूकम्प गएको थियो। नेपाल हिमालय क्षेत्रमा पर्ने भएकाले यहाँ बेला–बेला भूकम्प जाने गर्छ।







